Logo

शरीरमा कपडा नभएको अवस्थामा मृत फेला परिन् मोडल नदीम



Spread the love

२९ असार, एजेन्सी । पाकिस्तानमा एक जना मोडलको शव शंकास्पद अवस्थामा फेला परेको छ । २९ वर्षीया नायाब नदीम आफ्नै घरमा मृत फेला परेकी हुन् ।

पाकिस्तानी प्रहरीले प्रारम्भिक अनुसन्धानबाट नदीमको हत्या भएको देखिएको बताएको छ ।

नदीमका सौतीनी भाईले उनको मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेको थिए । सोमबार नदीमको घरअगाडी गएर बोलाउँदा उनी नबोलेपछि साैतेना भाइ घरमा गएका थिए । तर, त्यहाँ नदीम मृत अवस्थामा देखिइन् । त्यसपछि उनले तत्काल प्रहरीलाई खबर गरे ।

प्रहरीले नदीमको शरीरमा कपडा नभएको र गर्घन तथा शरीरमा चोट देखिएको बताएको छ ।

शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको पाकिस्तानी सञ्चार माध्यमहरुले बताएका छन् । शवको पोष्ट मार्टमको रिपोर्ट आएपछि मात्रै उनको हत्या हो वा आत्महत्या भन्ने स्पष्ट हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्