Logo

१७ वर्षीय युवकको मुखमा भेटिए ८२ वटा दाँत, डाक्टरहरू समेत चकित



Spread the love

२६ असार, एजेन्सी । भारतमा एक जना युवकको मुखमा ८२ वटा दाँत फेला परेका छन् । भारतको बिहार १७ वर्षीय नितिशको मुखबाट डाक्टरले ८२ वटा दाँत निकालेका हुन् ।

उनी ट्युमरको अप्रेशन गर्नका लागि भन्दै अस्पताल भर्ना भएका थिए । तर, उनको मुखमा सामान्य बाहेक थप ८२ वटा दाँत देखेपछि चिकित्सकहरू समेत आश्चर्यमा परेका छन् ।

उनको मुखमा भएका दाँतहरू क्रमशः बढ्दै गएको पाइएको समेत अप्रेशनमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

भारतका विभिन्न स्थानमा ट्युमरको उपचार गर्न उनी धाएका थिए । कतै पनि उनको ट्युमर पहिचान गर्न नसकेको बेला इन्दिरा गान्धी इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उनको उपचार भएको थियो ।

नीतीशलाई ५ वर्षको उमेर देखिनै मुखमा समस्या सुरु भएको थियो । कानको मुनि दुवै भागमा सुन्निएर आएको थियो ।

डाक्टरहरूले करीब ३ घण्टा लगाएर उनको ट्युमर निकाल्न सफल भएका थिए । भारतमा यस्तो केस पहिलोपटक देखिएको पनि उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्