Logo

ब्वायफ्रेन्डसँग याैन सम्पर्क गर्ने महिलालाई १०० पटक लाैरोले हिर्काउने सजाय, कुटाइ खाँदाखाँदै भइन् बेहोस



Spread the love

२६ असार, एजेन्सी । इन्डोनेसियामा एक महिलालाई आफ्नो ब्वायफ्रन्डसँग याैनसम्बन्ध राख्दा कठोर सजाय दिइएको छ । ती महिलाले बिहे नगर्दै शारीरिक सम्बन्ध राखेको भन्दै १०० पटक भन्दा धेरै लाैराले हिर्काइएको हो ।

यो कठोर सजाय पाएकी उनी लाैरोले हिर्काउँदै गर्दा नै बेहोस भएकी थिइन् । उनीसँगै उनका ब्वायफ्रेन्डले पनि १०० पटक लाैराले हिर्काउने सजाय पाएका थिए ।

यो घटना इन्डोनेसियाको अकेह प्रान्तको होक्स्योमावे सहरमा भएको बेलायती पत्रिका द सनले उल्लेख गरेको छ । द सनका अनुसार जोडीलाई सार्वजनिक रुपमा सबैको अगाडि सजाय दिइँदै थियो ।

सुरूमा लाैराले हिर्काएको पीडा सहेकी भएता पनि केही समयपछि उनी पीडा सहन नसकेर बेहोस भएकी थिइन् । उनीहरू प्रेमी-प्रेमीका सहित उनीहरूलाई शारीरिक सम्बनधका लागि कोठा उपलब्ध गराएका थिए ती व्यक्तिलाई पनि ७५ पटक लौरो हानिएको छ ।

इन्डोनेसियाको अकेह क्षेत्रमा इस्लामिक शरिया कानुन लागू गरिएको छ । इन्डोनेसियाको यो प्रान्तमा मात्रै शरिया कानुन लागु भएको छ । इन्डोनेसियाले सन् २००१ मा यस प्रान्तलाई स्वायत्तता प्रदान गरेपछि यहाँ शरिया कानून लागु भएको हो ।

यस क्षेत्रमा मदिरा पिउन, बिहेअघि शारीरिक सम्बन्ध राख्न र समलिंगी शारीरिक सम्बन्ध राख्न प्रतिबन्ध छ । यदी कसैले यी नियमहरू उल्लंघन गरेको पाइएमा लाैरोले सार्वजनिक रूपमा हिर्काउने क्रूर नियमहरू बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्