Logo

लकडाउनका कारण मानसिक तनाव भएपछि मोडलले गरिन् आत्महत्या



Spread the love

१७ असार, एजेन्सी । कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण मानसिक तनाव भएपछि एक मोडलले आत्महत्या गरेकी छिन् । भारतको युपीस्थित गौतमबुद्ध नगरको एक भवनको १४ तल्लाबाट हाम फालेर प्रियाले आत्महत्या गरेकी हुन् ।

उनी पछिल्ला केही दिनदेखि बहिनीको घरमा बस्दै आएकी थिइन् । कोरोना भाइरसको महामारी सुरू भएकै बेला उनले मुम्बइमा मोडलिङ सुरू गरेकी थिइन् । तर, कोरोना भाइरस बढ्दै जाँदा दोश्रो चरणको लकडाउनले करियरबारे चिन्तित बनेकी उनले आत्महत्या गरेकी हुन् ।

उनले सोमबार साँझ करिब साँढे ८ बजे एक भवनको १४ औ तलबाट हाम फालेकी थिइन् । उनले घरबाट हाम फालेको थाहा पाएपछि उनलाई प्रहरीले अस्पताल पुर्याएको थियो । तर, डाक्टरले उनलाई मृत घोषित गरिदिए ।

प्रतिक्रिया दिनुहोस्