Logo

अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान



Spread the love

१७ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई नगदसहित सम्मान गरेको छ ।

अन्तरजातीय विवाह गरेका चौतारा साँगाचोकगढी नगरपालिका–९ का युनिक विक पोखरेल र राधिका गिरी, वडा नं. ५ का कृष्ण विक र शर्मिला नेपालीलाई नगद पाँच÷पाँच हजारसहित नगरप्रमुख अमानसिं तामाङले सम्मान गरेका हुन् ।


नगरस्तरीय दलित समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा दलित समुदायबाट शहिद हुने गोरेबहादुर पुर्कोटी, मोहन विक र निरबहादुर विकको परिवारलाई पनि पाँच÷पाँच हजारसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्