Logo

११ वर्षअघि रेल दुर्घटनामा मृत घोषित भएका व्यक्ति जिवितै फेला, प्रहरीले गर्यो पक्राउ



Spread the love

७ असार, एजेन्सी । ११ वर्ष अघि नै मृत घोषणा गरिएका व्यक्ति जिवितै फेला परेका छन् । सन् २०१० मा भारतमा भएको रेल दुर्घटनामा मृत घोषित गरिएका ३८ वर्षका व्यक्ति ११ वर्षपछि पुनः जिवितै अवस्थामा फेला परेका हुन् ।

भारतको सेण्टर ब्युरो अफ ईन्भेष्टिगेसन (सीबीआई)ले उत्तर कोलकाताको जोराबागनबाट एकजना व्यक्तिलाई पक्राउ गर्यो । उनी पक्राउ परेपछि यो घटना पुष्टि भएको हो । २०१०मा ज्ञानेश्वरी ट्रेन दुर्घटना हुँदा उनी २७ वर्षका थिए ।

२०१० जुन २ तारिखमा भएको दुर्घटनामा १ सय ४८ जनाको मृत्यु भएको थियो । सोही मृतकको सुचीमा हाल ३८ वर्षका अमृतावन चाैधरीको नाम पनि थियो ।

उनको परिवारले मृत्यु भएका परिवारलाई दिने भनेको ४ लाख रूपैँया लिएको थियो । उनकी बहिनीले रेल सेवा सरकारी जागिर पनि पाएकी थिइन् । उनी अहिले पनि त्यहाँ कार्यरत छिन् ।

गत वर्ष कसैले चाैधरी जिवित नै भएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । सोही अनुसार सीबीआईले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्