Logo

कोरोना संक्रमणबाट चर्चित धावक मिल्खाको मृत्यु



Spread the love

५ असार, एजेन्सी । भारतका चर्चित धावक मिल्खा सिंहको निधन भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि उनी केही दिनअघि भारतको चण्डीगढस्थित अस्पतालमा भर्ना भएका थिए ।

कोरोना संक्रमित ९१ वर्षीय सिंहको चण्डीगढस्थित एक अस्पतालमा मृत्यु भएको बीबीसीले जनाएको छ । अस्पताल भर्ना भएका उनमा शुक्रबार साँझ स्वास्थ्य समस्या जटिल भएको थियो । स्थानीय समयअनुसार राति साढे ११ बजे सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्