Logo

देशभर ह्वात्तै घट्यो कोरोना संक्रमण, मृत्यु हुनेको संख्या पनि कम, थप कतिले जिते कोरोना ?



३० जेठ, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप २४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १६९४ जना र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि हो ।

त्यस्तै, सोही अवधिमा ३९९४ जना कोरोना संक्रमण मुक्त पनि भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ४६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्