Logo

गण्डकी प्रदेशमा ढल्यो सरकार



Spread the love

२७ जेठ, पोखरा । गण्डकी प्रदेशमा सरकार ढलेको छ । बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले विश्वासको मत पाउन नसकेपछि उनको सरकार ढलेको हो ।

बिहीबार मुख्यमन्त्री गुरूङले लिएको विश्वासको मतको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको छ । ५८ जना सदस्य उपस्थित संसदमा ५७ जनाले भोट गरेका थिए ।

मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएनन् ।

विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री गुरूङ पदमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्