Logo

आज ८ जना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री ओली , को बन्ला गृहमन्त्री ?



Spread the love

२७ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल बिस्तार गर्ने भएका छन् । एमालेका नेता विष्णु रिजालले दिएको जानकारी अनुसार आज ४ बजे नववियुक्त मन्त्रीहरूले सपथ ग्रहण गर्दैछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय अहिले रिक्त छन् । सोही रिक्त रहेका मन्त्रालयमा प्रधानमन्त्रीले मन्त्रीहरू नियुक्त गर्न लागेका हुन् ।

पछिल्लो पटक जेठ २१ गते जसपासमेतलाई समेटेर प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल बिस्तार गरेका थिए ।

अहिलेको अवस्थामा गृहमन्त्रीको जिम्मेवारी कसले पाउलान् भन्ने धेरैको चासोको विषय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्