Logo

सुन किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ बिहीबारको बजार भाउ



Spread the love

२७ जेठ, काठमाडाैँ । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । बुधबार केही वृद्धि भएको सुनको मूल्य बिहीबार ३०० रूपैँयाले घटेको हो ।

बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार बजारमा सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन पनि तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यता चाँदी भने गत बुधबारको मूल्यमा ५ रुपैयाँले वृद्धि हुँदै आज प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्