Logo

पञ्चेबाजाका गुरुको निधन



Spread the love

२७ जेठ, दैलेख । दैलेखमा पञ्चेबाजा र दाइने दमाहा बाजाका गुरु मानिने मानबिरे दमाईको निधन भएको छ । आठबिस नगरपालिका –१ का दमाईको ८८ वर्षको उमेरमा आज दिउँसो निधन भएको स्थानीयबासी दिपक नेपालीले जानकारी दिए । दमाई लामो समयदेखि दमको रोगबाट पीडित रहेका थिए । कुनै बेला कुनै गाउँमा पञ्चेबाजा, हुड्के नाचमा उनको माग हुने र उनको दमाहा बज्दा गाउँमा भीड नै लाग्ने गरेको थियो । ठुला घरमा विवाह उत्सवमा हुँदा प्रायः उनले नै बजाउँथे ।

पूर्व राज्यमन्त्री शिवराज जोशी, आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायलगायत विभिन्न जनप्रतिनिधिले दमार्ईको निधनबाट अपूरणीय क्षति भएको बताउँदै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्