Logo

प्रचण्ड, देउवा र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?



Spread the love

२४ जेठ, काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ ।

सभापति देउवा निवास बूढानिलकण्ठमा आज भएको भेटवार्तामा उनिहरुबीच प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश सरकार पुनःगठनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

पछिल्लो समय विपक्षी दलहरुको गठबन्धनले केन्द्र र प्रदेशमा आफ्नो सरकार गठनका लागि विभिन्न गृहकार्य गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्