Logo

लुम्बिनीमा कांग्रेसका पाण्डेय विजयी, एमालेलाई लाग्यो झट्का



Spread the love

१७ जेठ, बुटवल । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर खड्का पराजित भएका छन् । उनी नेपाली कांग्रेसका दृगनारायण पाण्डेयसँग पराजित भएका हुन् ।

खड्का पाण्डेयभन्दा ५४६ मतले पछि परे । उनले ३५९४ मत पाउँदा काँग्रेसका पाण्डेयले ४१४० मत पाए ।

कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्