Logo

टिम कार्टुनको नयाँ गीत ‘उठी बसी’ सार्वजनिक (भिडियो सहित)



Spread the love

१६ जेठ, काठमाडाैँ । टिम कार्टुनको नयाँ गीत ‘उठी बसी’ सार्वजनिक भएको छ । शनिबार लाक्पा लामाको युट्युब च्यानलबाट र्याप जेनरको उक्त गीत सार्वजनिक भएको हो ।

गीतमा शंब्द रचना तथा संगीत कम्पोज लाक्पा लामा र राम घलेले संयुक्त रूपमा गरेका छन् । अडियो स्टेशनमा उक्त गीत रेकर्ड गरिएको हो ।

गीतको डान्सिङ भिडियो टिम कार्टुनका कलाकारहरूले अभिनय गरेका छन् । अहिलेका युवाहरूमाझ चर्चित गायक तथा कलकाकार सबिन कार्कीलाई पनि भिडियोमा समावेश गरिएको छ । सबिन कार्कीसहित अलिशा मगर, पार्वति तामाङ र इच्छा गुरूङले पनि भिडियोमा अभिनय गरेका छन् ।

ब्राइट लाइट पिक्चर्सले निर्माण गरेको भिडियोलाई लाक्पा लामाले नै निर्देशन गरेका छन् । जितु तामाङले छायाँकन तथा कलर करेक्सन गरेको भिडियोमा इरोय श्रष्ठले भिएफएक्स प्रयोग गरेका छन् ।

गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्