Logo

उपत्यकाको निषेधाज्ञामा थप कडाइ, यी ४ क्षेत्रमा प्रशासनले थप कडाइ गर्ने



Spread the love

११ जेठ, काठमाडौं । काठमाडाैँ उपत्यकामा निषेधाज्ञा लम्बिएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याइएको हो ।

मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् ।

काठमाडाैँको उपत्यकामा अबको एक हप्ता निषेधाज्ञामा थप कडाइ गरिने काठमाडाैँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिएका छन् ।

के के मा हुँदैछ थप कडाइ ?

१. डिपार्टेन्टल स्टोर र किराना पसल एक हप्ता पूर्ण बन्द हुने ,

२. तरकारी, दुध र मासु लगायत पाइने पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने,

३. सरकारी तथा निजी निर्माणका कामहरू बन्द हुने र उक्त काममा हुने सामग्रीको ढुवानी बन्द हुने,

४. सरकारी र सार्वजनिक संस्थाका सवारी साधनहरू बिहान ९:३० देखि १०:३० र बेलुका ३ बजेदेखि ६ बजेसम्ममात्रै सञ्चालन गर्न पाइने

प्रतिक्रिया दिनुहोस्