Logo

फोहोर थुप्रेको खबर आएको केही घण्टा भित्रै मेयर बुढाथोकीको अगुवाइमा सरसफाइ सम्पन्न



Spread the love

बागचौर नगरपालिकाका नगर प्रमुख ‘मेयर’ लोकमान बुढाथोकीको पहलमा थारमारे बजार क्षेत्रमा सरसफाइ गरिएको छ ।

राप्ती राजमार्ग छेउमा नै फोहोर फाल्ने गरेको खबर आएको केही घण्टामै सरसफाइ गरिएको छ । खबर बाहिर आउन बित्तिकै मेयर बुढाथोकीले इलाका प्रहरी कार्यालय, इलाका बन कार्यालय, बजार व्यवस्थापन समिति, थारमारे स्कुलको टिम लिएर फोहोर थुपार्ने गरेको ठाउँ लगायत थारमारे बजार क्षेत्रमा सरसफाइ सप्पन्न गरिएको हो ।

साथै थारमारे बजार व्यवस्थापन समिति र खानेपानी तथा सरसफाइ समिति समेत पुनर्गठन गरिएको छ । खगेन्द्र बुढाथोकीको अध्यक्षतामा ९ सदस्यीय थारमारे बजार व्यवस्थापन समिति गठन गरिएको छ भने टोप्पल के.सी.को अध्यक्षतामा ९ सदस्यीय खानेपानी तथा सरसफाइ समिति गठन गरिएको छ ।

 

अब देखि बजार क्षेत्रको सरसफाइ बजार व्यवस्थापन समिति र स्कुल क्षेत्रको सरसफाइ स्कुललाई गर्न नगर प्रमुख बुढाथोकीले निर्देशन दिएका छन् ।

बागचौर नगरपालिका भित्र हुने गलत काममा खबरदारी गर्न र सही काममा साथ र सहयोग गर्न मेयर बुढाथोकीले सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्