Logo

भारतमा सन्दीप लामिछानेको यस्तो चर्चा परिचर्चा



Spread the love

काठमाडौँ । दिल्ली डेयर डेभिल्लसले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई क्लबमा अनुबन्धन गर्ने र नेपाल आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन–टु खेल्ने समय संयोग बन्यो । यही संयोगले नेपालमा दिल्ली डेयर डेभिल्स र दिल्लीमा सन्दीपको चर्चा उत्कर्षमा छ ।

अहिले नेपाली राष्ट्रिय टिम नामिबियामा डिभिजन–२ मा प्रतिस्पर्धा गरिरहँदा हरेक खेलमा दिल्लीले चासो दिइरहेको छ । त्यसको एउटै कारण हो, उसले लामिछानेलाई २० लाख खर्चिएर अनुबन्धन गर्नु । अजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

दिल्लीले नेपालले खेल्ने हरेक खेलमा सन्दीपको विषयलाई लिएर निरन्तर ट्विट र स्टाटस राख्दै आएको छ । खेलअघि सन्दीपले कति विकेट लेलान् भन्ने प्रश्न समर्थकलाई छोड्छ भने खेल सकिसकेपछि सन्दीपको स्पिनको तारिफसहितको तथ्यांक सेयर गर्छ ।

दिल्लीले सन्दीपलाई अनुबन्धन गरेसँगै भारतभित्रै अन्जान खेलाडीलाई टिममा आबद्ध गर्नुको साटो बरु कुनै भारतीय खेलाडीलाई नै मौका दिएको भए राम्रो हुन्थ्यो भन्ने कटाक्षको सामना दिल्लीले गर्नुप¥यो । जसको जवाफका लागि पनि दिल्लीलाई नामिबियामा भएको डिभिजन–२ प्रतियोगिता निकै फलदायी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्