Logo

देशभर कोरोना संक्रमितको संख्यामा कमी, मृत्यु हुनेको संख्या घट्यो, कतिले जिते कोरोना ?



Spread the love

१ जेठ, काठमाडाैँ । देशभर थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा देशभर थप १८७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ५४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म देशभर कोरोना संक्रमण हुनेको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्