Logo

कोरोना भाइरसका कारण मनमोहन मेमोरियल कलेजका संस्थापक खनालको मृत्यु



Spread the love

१ जेठ, काठमाडाैँ । त्रिलोक चिल्ड्रेन एकेडेमी बालाजुका संस्थापक प्राचार्य नवराज खनालको निधन भएको छ । गोरखाको बुङ्कोट निवासी खनालको कोरोना सङ्क्रमणका कारण आज बिहान सत्य साईँ अस्पतालमा निधन भएको हो ।

यही वैशाख २१ गते कोरोनाको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका खनालको आज बिहान १ः४५ बजे निधन भएको स्कुलका संस्थापक शिक्षक डा दशरथ न्यौपानेले जानकारी दिए ।

विसं २०२८ मा गोरखाको बुङ्कोटमा जन्मिएका खनाल मनमोहन मेमोरियल कलेज सोह्रखुट्टेका संस्थापक शिक्षकसमेत थिए । उनि नेपाली विषयका शिक्षक थिए । स्व खनालका बुबाआमा, श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्