Logo

कोरोना संक्रमणबाट मुख्यमन्त्रीका भाइको मृत्यु



Spread the love

१ जेठ, एजेन्सी । वेस्ट बंगालकी मुख्यमन्त्री ममता बेनर्जीका भाइको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । शनिबार बेनर्जीका कान्छा भाइको कोरोना संक्रमणबाट मृत्यु भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

भारतीय मिडियामा प्रकाशित रिपोर्टअनुसार ममता बेनर्जीका भाइ अशिम बेनर्जीको कोलकत्ताको एक हस्पिटलमा उपचार भइरहेको थियो ।

त्यस्तै, शुक्रबार भारतको वेस्ट बंगालमा अहिलेसम्म कै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । शुक्रबार वेष्ट बंगालमा २० हजार ८४६ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै, वेस्ट बंगालमा अहिलेसम्म १२ हजार ९९३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्