Logo

पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज



Spread the love

३१ बैशाख, काठमाडाैँ । पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएको २१ दिनपछि उनले कोरोनालाई जितेर डिस्चार्ज भएकी हुन् ।

उनिसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज भएर घर फर्केको उपचारमा संलग्न डाक्टरले बताएका छन् । कोरोना सङ्क्रमण भएर पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र परिवारका अरू सदस्यसमेत अस्पताल भर्ना भएका थिए ।

पूर्वराजा शाह भने बुधवार नै डिस्चार्ज भइसकेका छन् । भारतमा भएको कुम्भ मेलामा स्नान गरेर फर्किएपछि पूर्वराजा दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

पूर्वरानी कोमलको स्वास्थ्य अवस्था बिग्रिएपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्