Logo

प्रधानमन्त्री ओलीले माधव नेपाल सहित चार नेतालाई पठाए यस्तो पत्र



Spread the love

३० बैशाख, काठमाडाैँ । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेताहरुलाई गरेको कारवाही फुकुवाको पत्र पठाएका छन् ।

आज बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीले गरेको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो ।

अध्यक्ष ओलीले हस्ताक्षर गरेको पत्रमा २०७६ चैत १६ मा गरिएको प्रतिनिधिसभा सदस्य बाहेक अन्य पदको निलम्बन वैशाख ३० गतेको स्थायी कमिटी बैठकको निर्णय अनुसार फुकुवा गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्