Logo

कोरोना भाइरसका कारण वर्ल्ड लिंकका सञ्चालक विजय जलानको मृत्यु



Spread the love

३० बैशाख, काठमाडाैँ । कोरोना भाइरसका कारण वर्ल्ड लिंक कम्युनिकेसनका सञ्चालक तथा निर्देशक विजय जलानको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण भएर स्वस्थ्यमा समस्या देखिएपछि उनी ललितपुरको मेडिसिटि अस्पताल भर्ना भएका थिए ।

उनको बिहीबार बिहान मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उनी करिब १५ दिन अघि अस्पताल भर्ना भएका थिए ।

निरन्तर स्वास्थ्यमा समस्या देखिएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

जलान वर्ल्ड लिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन् । वर्ल्ड लिंक स्थापना भएदेखि नै उनी यस कम्पनिमा आबद्ध थिए ।

प्रतिक्रिया दिनुहोस्