Logo

अस्पतालबाट डिस्चार्ज भएकै रात कोरोना संक्रमितको मृत्यु



Spread the love

२८ बैशाख, बर्दिया । अस्पतालबाट डिस्चार्ज भएकै रात एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको राजापुर–४ का ५५ वर्षीय पुरुषको अस्पतालबाट डिस्चार्ज भएकै राति मृत्यु भएको हो ।

बर्दियाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले अस्पतालबाट डिस्चार्ज भएका कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

एन्टिजेन विधिबाट परीक्षण गर्दा बैशाख २० गते मृतक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै बाँकेको भेरी अस्पतालमा वैशाख २१ गते भर्ना भएका उनलाई होम आइसोलेसनमा बस्ने गरी भेरी अस्पतालले २७ गते डिस्चार्ज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्