Logo

शितलनिवास पुगे प्रधानमन्त्री ओली



Spread the love

२७ बैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग वार्ताका लागि प्रधानमन्त्री शितल निवास पुगेका हुन् ।

त्यस्तै, सरकारले प्रतिनिधिसभा अन्त्यको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले आजै रातीदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गते अर्को बैठक बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्