Logo

नयाँ भेरियन्टको कोरोना संक्रमणबाट ३५ वर्षीया वडाध्यक्षको मृत्यु



२६ बैशाख, बाजुरा । नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमणबाट बाजुरामा ३५ वर्षीय एक वडाध्यक्षको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विक रहेका छन् ।

सङ्क्रमणपछि जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत विकलाई थप उपचारका लागि डडेल्धुरा पठाइएकामा जाँदै गर्दा अछामको साँफे बगरमा मृत्यु भएको आफन्त राजेश विकले बताए ।

प्रतिक्रिया दिनुहोस्