Logo

काठमाडाैँका चार अस्पतालले गरे थप कोरोना संक्रमितको उपचार गर्न नसकिने घोषणा



Spread the love

२५ बैशाख, काठमाडाैँ । काठमाडाैँका ४ वटा अस्पतालले अब थप कोरोना संक्रमितहरूको उपचार गर्न नसक्ने घोषणा गरेका छन् । शनिबार एक विज्ञप्ती जारी गर्दै काठमाडाैँका चार अस्पतालले कोरोना संक्रमितको उपचार गर्न नसकिने घोषणा गरेका छन् ।

यसरी संयुक्त विज्ञप्ती जारी गर्नेमा मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्रि अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल रहेका छन् ।

ती अस्पतालले मेडिकल अक्सिजनको अभाव भएको र सहज आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था नभएसम्म थप विरामी लिन नसकिने उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्