Logo

उपत्यकामा निषेधाज्ञा थप गरिने, अझै कडा बनाइने



Spread the love

२१ बैशाख, काठमाडाैँ । काठमाडाैँ उपत्यकाको निषेधाज्ञा थप हुने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा पुनः लम्ब्याइने भएको हो ।

निषेधाज्ञाको समय थप बारे काठमाडाैँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार बैठक बस्ने भएका छन् ।

उपत्यकामा पहिलो चरणमा लगाइएको निषेधाज्ञा भोली सकिँदैछ । बैशाख १६ गते बिहान ६ बजेबाट उपत्यकामा निषेधात्रा सुरू भएको थियो ।

अब थप गरिने निषेधाज्ञा थप कडा हुने काठमाडाैँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्