Logo

सरकारले हटायो गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख, नयाँ प्रदेश प्रमुख सिफारिस पनि



Spread the love

२० बैशाख, काठमाडाैँ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाइएका छन् । मन्त्री परिषद्को बैठकले ण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाउने निर्णय गरेको हो ।

उनीहरू माओवादी तर्फका प्रदेश प्रमुख थिए ।

सरकारले अब गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गङ्गाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्