Logo

लुम्बिनी प्रदेशमा थपिए २ जना मन्त्री



Spread the love

२० बैशाख, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार साँझ दुई मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्रीको रुपमा आफुले सपथ लिए लगत्तै पोखरेलले दुई मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजाल र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बैजनाथ चौधरीलाई नियुक्त गरेका छन् ।

दुई मन्त्रीले नियुक्ति लगत्तै सपथग्रहण समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्