Logo

वाग्मती प्रदेशमा थपिए ४ मन्त्री, आजबाटै सम्हाले कार्यभार



१५ बैशाख, काठमाडाैँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पौडेलले नेकपा(एमाले)का प्रमुख सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानूनमन्त्री, सरेश नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीले केहीबेरअघि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा प्रस्तावक रहेका शालिकराम जम्मकट्टेल, अरुणप्रसाद नेपाल र युवराज दुलालले राजीनामा दिएपछि ती पद रिक्त रहँदै आएको थियो ।

नवनियुक्त मन्त्रीले आज अपराह्न आआफ्नो मन्त्रालयको कार्यभार सम्हालेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले जनाएको छ । यसैगरी राज्यमन्त्री डा रामकुमार अधिकारीले पनि आजै सामाजिक मन्त्रालयमा आफ्नो कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्