Logo

बेपत्ता भनिएका जनमोर्चाका सांसद शाही आइसियुमा भर्ना



Spread the love

१५ बैशाख, पोखरा । बेपत्ता भनिएका जनमोर्चाका सांसद खिमविक्रम शाही चरक मेमोरियल हस्पिटलको आइसियुमा भर्ना भएको जानकारी आएको छ । दिउँसो १२ बजे अचानक बिरामी भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको उनका स्वकीय सचिव मिलन हमाले फेसबुक मार्फत जानकारी गराएका हुन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको समयमा शाही अस्पताल भर्ना भएपछि आजै मतदान भए प्रस्ताव फेल हुने थियो । शाहीले जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापालाई पनि कुनै जानकारी नदिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्