Logo

प्रशान्त तामाङकी आमाको मृत्यु



Spread the love

१४ बैशाख, काठमाडाैँ । गायक प्रशान्त तामाङकी आमाको मृत्यु भएको छ । मंगलबार दार्जिलिङको एक अस्पतालमा उनकी आमा रूपा तामाङको मृत्यु भएको हो ।

प्रशान्त तामाङले फेसबुकमा लेख्दै आमाको मृत्यु भएको जानकारी दिएका छन् । तामाङले फेसकुबमा लेखेका छन्, ‘एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ । हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा । आई लभ यू ।’

इन्डियन आइडल ३का विजेता प्रशान्त तामाङले गोर्खा पल्टन, परदेशी, निशानी, अंगालो यो मायाको, धडकन लगायतका फिल्ममा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्