Logo

काकासँग झगडा हुँदा भतिजाले खाइदिए काकाको कान



Spread the love

८ बैशाख, सल्यान । काका र भतिजाको आपसी विवाद हुँदा काकाको कान गायब भएको छ । सल्यानमा मंगलबार भएको उक्त विवादमा भतिजाले काकाको कान टोकेर गायब बनाइदिएका हुन् ।

सल्यानको कालीमाटी गाउँपालिका-१ हिङनाउरे गाउँका ५६ वर्षीय काका धनबहादुर कुँवर र भतिजा खीमबहादुर कुँवरबीच झगडा भएको थियो । उक्त विवादमा भतिजा खीमबहादुरले काका धनबहादुरको कान टोकेर छिनाइदिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार काकाको कान पुरै छिनाइएको छ भने खोज्दा पनि भेटिएको छैन । भतिजनसँग सोधपुछ गर्दा उनले कान खाइदिएको बताएका छन् ।

घाइते धनबहादुरको काप्रास्थित स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले बताएको छ । उनीहरूबीच मंगलबार राती ९ बजे झगडा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्