Logo

रूसले बनाएको कोरोना विरूद्धको खोपलाई नेपालमा प्रयोगको अनुमति



Spread the love

८ बैशाख, काठमाडाैँ । औषधि व्यवस्था विभागले रुसमा निर्मित स्पुतनिक–भी लाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

रुसको एफएसबीआई एनएफ गामालिया नेसनल रिसर्च सेन्टर अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजी अफ द मिनिस्ट्री अफ हेल्थ अफ रसियाले यो भेक्टर भ्याक्सिन निर्माण गरेको हो ।

यसलाई १८ वर्षभन्दा माथि उमेर समूहलाई ०.५ एमलको दुई डोजमा दिइनेछ । यसलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न पर्छ ।

प्रतिक्रिया दिनुहोस्