Logo

बेलायतका युवराज फिलिपको मृत्यु



Spread the love

२७ चैत, एजेन्सी । इडेनवर्गका राजकुमार फिलिपको मृत्यु भएको छ । बेलायतको बुकिङ्घम दरबारले महारानी एलिजावेथ द्वितीयका पति फिलिपको मृत्यु भएको घोषणा गरेको बिबिसीमा उल्लेख छ ।

उनको ९९ वर्षको उमेरमा मृत्यु भएको हो ।

राजकुमार फिलिपले सन् १९४७ मा एलिजावेथसँग विवाह गरेका थिए । त्यसको ५ वर्षपछि एलिजावेथ बेलायतकी महारानी भएकी थिइन् ।

उनीहरूमा ४ जना छोराछोरी, ८ जना नातिनातिनी तथा १० जना पनातीहरू रहेका छन् ।

दबरबारले निकालेको विज्ञप्तीमा राजकुमार फिलिपको शुक्रबार बिहान विन्सडर क्यासलमा मृत्यु भएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्