Logo

‘नयाँ वर्षमा शेर बहादुर देउवा प्रधानमन्त्री’



Spread the love

२६ चैत, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले नयाँ वर्षको सुरुवातमै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

बिहीबार काठमाडाैँस्थित रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै नयाँ वर्षमा देशले नयाँ प्रधानमन्त्री पाउने र सभापति देउवा देशको प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् ।

‘ढुक्क हुनुहोस्, नयाँ वर्षमा देशले नयाँ सरकार पाउँछ, अहिले त्यसका लागि सकारात्मक वार्ता भइरहेको छ ।’ उनले भने, ‘हामी वर्तमान सरकारको विपक्षमा छौँ । यो सरकार १०० प्रतिशत परिवर्तन हुन्छ, नयाँ वर्षमा नयाँ सरकार देशले पाउँछ ।’

वर्तमान प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न तीन दिलले ढिलाइ गर्न नहुने धारणा राखे । ‘जति दिन ओली सरकार रहन्छ, त्यति दिन नै सङ्घीयता, संविधानका दफाहरूमाथि प्रहार भइरहन्छ । अहिले कांग्रेस, माओवादी केन्द्र र जसपा सरकार फाल्ने विषयमा मिल्ने अवस्थामा छौँ, चाँडै सहमति गरौँ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्