Logo

मान्छे मार्दा कस्तो हुन्छ भनेर अनुभव गर्न १९ वर्षीय युवकद्वारा साथिको बुबाको हत्या



Spread the love

२० चैत, एजेन्सी । मान्छे मार्दा कस्तो हुन्छ भनेर अनुभव गर्न एक १९ वर्षीय युवकद्वारा साथिको बुबाको हत्या गरेका छन् । द सनका अनुसार यो घटना युक्रेनको राजधानी किइभ नजिकै घटेको हो ।

प्रहरीका अनुसार ती १९ वर्षीय युवकले साथिको घरमा पसेर अचानक उनका बुबामाथि चक्कु वर्षाउन सुरू गरेको छ । कुनै संकेत नभएका कारण मृतकले चक्कु प्रहार गर्दा कुनै प्रतिक्रिया दिन नसकेको बताइएको छ ।

चक्कुले प्रहार गरेपछि घाइते भएका मृतकको चिच्याहट सुनेर उनकी श्रीमति घटना भएको ठाउँमा पुगेकी थिइन् । उनले त्यहाँ श्रीमान छातीमा चक्कु रोपिएको विभत्स अवस्थामा फेला परेका थिए ।

मृतककी श्रीमतिलाई देखेर चक्कु प्रहार गर्ने युवक फरार भए भने श्रीमतीले प्रहरीलाई खबर गरिन् ।

प्रहरीका घटनास्थलमा पुग्ने बेलासम्म उनी श्रीमानको छातिमा लागेको चोट र रक्तश्राव रोक्न प्रयास गरिरहेकी थिइन् । तर, दुर्भाग्यवश मुटुमा लागेको चोटका कारण उनका श्रीमानको मृत्यु भयो ।

प्रहरीले घटना भएको २ दिनपछि अभियुक्तलार्इ पक्राउ गरेको छ । उनलाई सिसि क्यामेराको सहायताबाट पक्राउ गरिएको हो ।

हत्याराले मान्छे मार्दा कस्तो हुँदो रहेछ भन्ने अनुभव लिन आफ्नै साथीको बुबाको हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्