Logo

अन्तिम संस्कारका लागि जम्मा भएका मानिसहरूमाथि सेनाले चलायो गोली



Spread the love

१५ चैत, एजेन्सी । म्यानमारमा सेना थप क्रूर रूपमा प्रस्तुत भएको छ । त्यहाँका प्रत्यक्षदर्शीका अनुसार आइतबार म्यानमारको सेनाले अन्तिम संस्कारका लागि जम्मा भएका मानिसहरूको भीडमाथि गोली चलाएको छ ।

रोयटर्सका अनुसार आइतबार सेनाले गरेको उक्त ज्यादतीमा परि अहिलेसम्म कसैको मृत्यु भएको पुष्टि भइसकेको छैन । आइतबार सेनाले म्यानमारको राजधानी नजिकैको बागो शहरमा गोली प्रहार गरेको थियो ।

बेलायतबाट प्रकाशित ट्रिब्युनका अनुसार सेनाको गोली लागेर मृत्यु भएका व्यक्तको अन्तिम संस्कारमा विद्रोहको गीत गाउँदै गर्दा सेनाले गोली चलाएको थियो । उनीहरू शनिबार गोली लागेर मृत्यु भएका २० वर्षीय विद्यार्थीको अन्तिम संस्कारका लागि जम्मा भएका थिए ।

त्यस्तै, आइतबार नै म्यानमारका अन्य ठाउँमा पनि सेनाको गोली लागेर थप २ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्