Logo

खोपको छैन भर, लगाएको २ दिनपछि प्रधानमन्त्रीलाई कोरोना संक्रमण



Spread the love

७ चैत, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पाकिस्तानका सरकारी स्वास्थ्य अधिकृतले ट्वीटरमा लेख्दै प्रधानमन्त्री इमरान खानलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले २ दिन अघिमात्रै कोरोना भाइरस विरूद्धको भ्याक्सिन लगाएका थिए । खानले चीनले विकास गरेको सिनोफर्मको भ्याक्सिन लगाएका थिए ।

पाकिस्तानका निश्चित स्थानहरूमा बिहीबारदेखि स्मार्ट लकडाउन लागु गरिएको छ । स्मार्ट लकडाउन लागु भएका क्षेत्रहरूमा सपिङ मल, कार्यालय तथा रेष्टुरेन्टहरू पूर्ण रूपमा बन्द हुनेछन् ।

पाकिस्तानमा पछिल्लो हप्ता कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्