Logo

प्लेन चढ्ने क्रममा तीन पटक लडे अमेरिकी राष्ट्रपति बाइडेन (भिडियो)



Spread the love

७ चैत, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन प्लेनको भर्याङमा चिप्लिएका छन् । शुक्रबार प्लेनमा चढ्दै गर्दा बाइडेन चिप्लिएर तीन पटक लडेका हुन् ।

उनले उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ७८ वर्षीय बाइडेड एयरफोर्स वान चढ्दै गर्दा तीन पटक लडेका थिए ।

बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस गोलीकाण्ड भएको ठाउँ उट्लान्टा जाँदै थिए । गोलीकाण्डका पिडीत पक्षको बारेमा बुझ्ना जाँदै गर्दा उनी प्लेन चढ्ने क्रममा लड्न पुगे ।

यद्यपी उनलाई कुनै चोट नलागेको ह्वाइट हाउसले प्रष्ट पारेको छ । बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा जेठा राष्ट्रपति हुन् ।

बाइडेन लडेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्