Logo

सांसद र मन्त्रीको पद गए पनि ओलीको साथ छोडिँदैन : मन्त्री रायमाझी



Spread the love

२९ फागुन, काठमाडाैँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले कुनै हालतमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांसद र मन्त्रीको पद गएता पनि ओलीको साथ नछोड्ने बताएका हुन् ।

‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होइन, ज्यान त छँदैछ नि । हामीलाई केही चिन्ता छैन ।’ उनले भने ।

देशलाई अस्थिरताबाट बचाउनको लागि बाध्य भएर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको भएपनि अदालतबाट आफूहरुले मुद्दा हारेको रायमाझीले सुनाए ।

प्रतिक्रिया दिनुहोस्