२५ फागुन, काठमाडौं । आज (मंगलबार) बिहान बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगन गरिएको छ।
बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालले आफुहरु एमालेमा फर्किने निर्णय नगर्दै बोलाइएको बैठक स्थगन गर्न माग गरे पछि सचिवालय बैठक स्थगन गरिएको स्रोतले जनायो । एमाले महासचिव ईश्वर पोखरेलले आज ९ बजेका लागि सचिवालय बैठक बोलाएका थिए ।
सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी केन्द्र व्युँताइँदिएपछि पहिलो पटक नेकपाको बैठक बस्न लागेको थियो । आज स्थगित गरिएको बैठक कहिले भन्ने बारे तय गरिएको छैन्।
ईश्वर पोखरेलको नेतृत्वमा रहेको एमाले सचिवालयमा २ उपमहासचिव, ५ सचिव र एक जना कार्यालय सचिव हुनेछन्।
प्रतिक्रिया दिनुहोस्