Logo

एकै परिवारका ६ जनाद्वारा सामुहिक आत्महत्याको प्रयास, तीन जनाको मृत्यु



Spread the love

२० फागुन, एजेन्सी । भारतमा एकै परिवारका ६ जना सदस्यले सामुहिक आत्महत्याको प्रयास गरेका छन् । भारतको गुजरात राज्यको वडोदरामा एकै परिवारका ६ जनाले सामूहिक आत्महत्याको प्रयास गरेका हुन् ।

उनीहरूमध्ये ३ जनाको मृत्यु भएको छ भने ३ जनाको उद्धार गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरू सबै जनाले वीष खाएका थिए । ती मध्ये ३ जनाको मृत्यु हुँदा ३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरू ठूलो आर्थिक अभावमा गुज्रिएका कारण आत्महत्याको प्रयास गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्