१६ फागुन, दाङ । दाङमा न्यायाधीशकी श्रीमति ब्राउन सुगर सहि पक्राउ परेकी छिन् । दाङको तुलसीपुरमा न्यायाधीशकी श्रीमति ४२ वर्षीया तुलसा पोखरेल आइतवार दिउँसो ब्राउन सुगर सहित पक्राउ परेकी हुन् ।
उनको स्कुटरको डिकीबाट प्रहरीले २.२२ ग्राम ब्राउन सुगर बरामद गरेको छ । तर, उनले भने आफूलाई फसाइएको दाबी गरेकी छिन् ।
ब्राउन सुगर सहित पक्राउ परेकी तुलसाका श्रीमान उच्च अदालत सुर्खेतका न्यायाधीश हुन् । तुलसा नेकपा ओली समूहकी जिल्ला कमिटी सदस्य पनि हुन् ।
उनलाई अहिले थुनुवा कक्षमा राखेर अनुसन्धान सुरू गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्