Logo

माओवादी निकट सल्यान काठमाडौँ मञ्चको अध्यक्षमा बुढाथोकी निर्वाचित (फोटो फिचर सहित)



Spread the love

नेकपा (माओवादी केन्द्र) निकट सल्यान-काठमाडौँ संघीय जनसम्पर्क मञ्चको अध्यक्षमा नबिन बुढाथोकी निर्वाचित भएका छन् ।
मञ्चको पाचौं भेलाले बुढाथोकीको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जस्को वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र कंवर, उपाध्यक्षहरूमा सुस्मा चन्द, सदिक्षा घर्ती मगर र गोबिन्द थापा, सचिवमा सरगम भण्डारी, सह-सचिवमा सेवक शर्मा र प्रेम नेपाली साथै कोषाध्यक्षमा जनक कुमार यरी रहेका छन् ।
साथै भेलाले २१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

सल्यान जिल्ला पार्टीले निवर्तमान अध्यक्ष कुल बहादुर वलीलाई पार्टी बिरोधी गतिविधि गरेको भन्दै अध्यक्ष पद बाट हटाएर मोति लाल रेउलेलाई संयोजक तोकेको थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य, प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री टेक बहादुर बस्नेत, सल्यान जिल्ला इन्चार्ज नेव बहादुर कंवर ‘विवेक’, पोलिटब्युरो सदस्य, अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, अखिल (क्रान्तिकारी)का उपाध्यक्ष तिलक राज भण्डारी, जनसम्पर्क मञ्चका संस्थापक अध्यक्ष मनोहर लामिछाने देखि यस अघिका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्