Logo

छोरीको आँखा अगाडी नै आमाको हृदयविदारक मृत्यु



Spread the love

२२ पुस, एजेन्सी । एक जना युवतीले हस्पिटलमा नै आफ्नै आमाको दर्दनाक मृत्यु देखेकी छिन् । आमाछोरीलाई नै कोरोना भाइरस संक्रमण भएपछि आमाको मृत्यु भएको थियो ।

लिसेस्टरसाइरकी ७६ वर्षीया मारिया रिको आफ्ना छोरीसँग अन्तिम पटक बोल्न चाहन्थिन् । मुखबाट अक्सिजन मास्क निकाल्दा उनको स्थिति झन बिग्रिने थाहा हुँदाहुँदै पनि उनले यो साहस गरिन् ।

उनकी छोरी अनाबेल शर्माले यो क्षणलाई ‘हृदयविदारक’को रूपमा ब्याख्या गरिन् । तर, उनी यो कुरामा खुसी पनि थिइन् की उनको आमाको एक्लो अवस्थामा मृत्यु भएन । अनाबेलले आमासँगको अन्तिम फोटो सार्वजनिक गर्दै कोरोना भाइरसलाई सामान्य रूपमा नलिन अनुरोध गरेकी छन् ।

शर्माका अनुसार आमाको मुखबाट अक्सिजन मास्क निकालेको आधा घण्टामा नै उनको मृत्यु भएको थियो । ‘मेरो आमाले अक्सिजन मास्क निकाल्न अनुरोध गर्नुभयो । तर, स्वास्थ्यकर्मीहरूले मास्क निकालेपछि तपाई धेरै बाच्नुहुन्न भन्ने जवाफ दिए’ उनले भनिन् । ‘आमाले यो सबै थाहा छ भन्दै मसँग धेरै समय थियो भन्नुभयो ।’

‘आमा बोल्न सक्ने भएपछि हामीले ५ मिनेट कुरा गर्याैँ । अनि आमा बेहोस हुनुभयो । आमाले आफुँ मृत्युदेखि नडराएको बताउँदै मलाई कोरोनासँग लड्न सुझाव दिनुभयो ।’ शर्माले थपिन् ।

बिबिसीमा प्रकाशित लेखको भावानुवाद ।

प्रतिक्रिया दिनुहोस्