Logo

‘लाहुरे’को कन्सर्टमा भागदाैड हुँदा २ जना युवतीको मृत्यु



Spread the love

२० पुस, एजेन्सी । नेपाली र्यापरको कन्सर्टमा भागदाैड हुँदा २ जना युवतीको मृत्यु भएको छ । भारतको पश्चिम बंगालमा नेपाली र्यापर आशीष राना ‘लाउरे’को कन्सर्टमा भागदाैड हुँदा २ जना युवतीको मृत्यु भएको हो ।

आइतबार पश्चिम बंगालस्थित कालेबुङको मेला ग्राउन्डमा लाउरेको कन्सर्ट भएको र उक्त कन्सर्टको दाैरान भागदाैड हुँदा २ जनाको ज्यान गएको त्यहाँका सांसद राजु विष्टले जानकारी दिएका छन् ।

म्याड डग नामक संस्थाले उक्त कन्सर्ट आयोजना गरेको थियो । उक्त कार्यक्रम सकिएपछि ढोका खोल्दा भर्याङमा लडेका २ जनाको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।

यो घटनाको बारेमा थप अनुसान्धान अगाडी बढाइएको जानकारी प्राप्त भएको छ ।

त्यस्तै, यो घटना र यसमा ज्यान गुमाउने प्रति अर्का गायक विपुल क्षत्रीले दुःख व्यक्त गरेका छन् ।

४६ वर्षीया अनिता क्षत्री र ३९ वर्षीय बनिता गुरुङ यो घटनामा ज्यान गुमाएका छन् । त्यसैगरी यही घटनामा परी २१ वर्षीया मिक्साम तामाङ, ३१ वर्षीया अमिता सुब्बा, १५ वर्षीया प्रतीक्षा क्षत्री, २३ वर्षीया परिमा राई र १५ वर्षीया अलिशा राई घाइते भएका छन् ।

उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्