Logo

लागूऔषधसहित दुई जना पक्राउ



Spread the love

१९ पुस, काठमाडौं । मोरङमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहागरपालिका-२ बरगाछीका ३२ वर्षीय अमित लिम्बु र सोही ठाउँ बस्ने २७ वर्षीय हेमराज बस्नेत रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा २ च ६१११ नम्बरको सेतो कार चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद भएको उनले बताए ।

उनीहरुको साथबाट नाइट्रोभेट १० लेखिएको २४ ट्याब्लेट र स्पास्मो प्रोक्सिभन ८ चक्की फेला परेको प्रहरीले जानेको छ ।

प्रतिक्रिया दिनुहोस्